काठमाडौं । देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले ‘सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका–२०७६’ विपरित साधारणभाको कार्यसूचि सार्वजनिक गरेको छ । निर्देशिकामा सहकारी संस्थाहरुले कार्यसूची निर्धारण गर्दा प्रत्येक प्रस्तावको छुट्छाछुट्टै शिर्षक दिनुपर्ने ‘विविध’, ‘अन्य कुनै विषय’ वा विषय प्रस्ट नखुलेको त्यस्तै प्रकारको शीर्षक समावेश गर्न नहुने व्यवस्था गरिएको भएपनि संस्थाले विविध शिर्षकको प्रस्ताव राखेर साधारणसभा आवहान गरेको हो ।
संस्थाले कात्तिक १२ गते साधारणसम्बन्धी सूचना प्रकाशित गरेको छ । उक्त सूचनामा साधारणसभामा छलफल हुने विषयहरुमा १० वटा विषय राखेर अन्तिम बुँदामा विविध राखिएको छ ।
संस्थाले निर्देशिका अनुसार सूचना समेत प्रकाशित गरेको छैन । विभागको निर्देशिकामा साधारणसभाका लागि एक महिना अघि सूचना दिनुपर्ने व्यवस्था भएपनि सूचना प्रकाशित भएको १६ दिनबाटै साधारणसभा बोलाएको छ ।
सगरमाथा सहकारीका अध्यक्ष केवी उप्रेती हुन् । उनी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष, सहकारी महासंघका संचालक समेत छन् ।
सहकारी विभागले सहकारीको साधाररणसभालाई पारदर्शी र व्यवस्थित गर्नका लागि गत असोजमा साधारणसभा निर्देशिका जारी गरेको थियो ।
प्रतिक्रिया