काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरीको नयाँ भवनमा कार्यालय सञ्चालन गर्न थालेको छ । आइतबार सो भवनको उद्घाटन गर्दै बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले समग्र आर्थिक विकासमा आफ्नो सहभागित बढाउँदै लैजाने बताए । उनले इटहरीमा बैंकको आफ्नै भवन हुदा सम्पुर्ण ग्राहक तथा सरोकारवालाहरुलाई धेरै सहज हुने बताए ।
उनले स्थानीय स्तरमा आर्थिक उत्थानमा सहयोग पुर्याउदै जान बैंकले विभिन्न सेवा सुविधाको बिस्तारका साथै शाखा विस्तारको कार्यक्रमलाई गति दिंदै जाने समेत बताए ।
कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक शम्सेर ज.व.रा.ले इटहरीमा आफ्नै भवन बनाउन पाउदा खुसी लागेको बताए ।
समुद्घाटन समारोहमा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लीलम बस्नेत, इटहरी इलाका प्रहरी कार्यालय प्रमुख नरेश सुवेदी लगायत स्थानीय व्यापारीहरु, बुद्घिजीवीहरु, लब्धप्रतिष्ठित व्यक्तिहरु, पत्रकार, बैंक संचालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारीहरु तथा कर्मचारीहरुको पनि उपस्थिति थियो ।
प्रतिक्रिया