वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंक लिमिटेड र लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल बीच सम्झौता

अर्थटुडे
२०७४ माघ १०, बुधबार

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवाको शुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल (एल.आई.सी. नेपाल) संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एल.आई.सी.नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।

सम्झौताबाट बैंकले एल.आई.सी. नेपालको विविध जीवन वीमा योजनाहरु विना झन्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बतए । साथै बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ