वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२७ वटा बाणिज्य बैंकले गरे एनआइसी एसियासँग कारोबार रद्ध

अर्थटुडे
२०७४ फाल्गुन २७, आईतवार

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेको छ । आइतबार संचालनमा रहेका २७ वटा बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको भेलाले सो निर्णय गरेको हो ।
बैकर्स एसोसिएसनको निर्णयलाई एनआइसी एशियाले अबज्ञा गरेको भन्दै अरु बैंकले कारोबार नगर्ने गरी एसोसिएसनले गरेको निर्णयलाई आइतवार बिहानको भेलाले सदर गरेको हो ।

एसोसिएसनले गत साता मात्र बचतमा ८ प्रतिशतसम्म र मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म मात्रै ब्याज दिने निर्णय गरेको थियो । तर एसोसिएसनको सो निर्णय विपरित एनआइसी एशिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने योजना सार्बजनिक गरेपछि बैंकहरुले एनआइसी एसियालाई एक्ल्याउने निर्णय गरेका थिए । र आइतबारदेखि कार्यान्वयन पनि गर्ने भएका छन् ।

सो निर्णयपछि एनआइसी एसियाको अन्य बैंकसँगको अन्तर बैंक कारोबार प्रभावित हुने छ । बैंकहरुबीच भएको भद्र सहमति तोड्नु अर्थतन्त्रघाती कदम रहेको र सो कदमको नतिजा एनआइसी एसियाले भोग्नुपर्ने बैंकर्स संघले जनाएको छ ।

बैंकरहरुबीच भएको भद्र सहमति बजार अर्थतन्त्रको विरुद्धमा नभएको संघको दावी छ ।
जथाभावी व्याज बढाउँदा बैंकिङ क्षेत्रमा प्रणालीगत जोखिम हुन्छ । र, व्याजदर महंगो भएपछि उद्योगी व्यवसायाीहरुले कर्जा लिन छाड्छन् जसकारण अर्थतन्त्र नै अफ्ठेरोमा पर्छ, संघका अध्यक्ष ज्ञानेनद्र ढुंगानाको तर्क छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ