काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काभ्रेको भकुण्डेवेशी शाखामा आवद्ध ग्राहकहरुलाई व्यवसायिक तरकारी तथा च्याऊ खेती तालिम प्रदान गरेको छ । असार २३ र २४ गते गरी २ दिन सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २९ जना ग्राहक सहभागी थिए ।
तरकारी खेती सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने तथा च्याऊ खेती तर्फ ग्राहकहरुलाई आकर्षित गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।
तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै नमोबुद्ध नपा—२ का वडा अध्यक्ष संजिव ढकालले यस्ता तालिमले कृषकहरुलाई उद्यमशीलता तथा अग्र्यानिक तरकारी र च्याऊ खेतीमा नयाँ आयाम थप्ने जस्ता पक्षमा सकारात्मक जोड दिए । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत ( कृषि विशेषज्ञ ) श्री ओम प्रकाश भुसालले गर्नुभएको थियो ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक सँगको सहकार्यमा शाखा रहित बैँकिङ सुविधा संगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया