काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही व्यक्तिले आफ्ना समस्याबाट उम्कन राष्ट्र बैंकलाइै प्रयोग गर्न खोजेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकस कार्यक्रममा गभर्नर अधिकारीले कतिपय व्यक्तिहरु आफ्नो निजी स्वार्थ परिपुर्तिका लागि विभिन्न सुझाव लिएर राष्ट्र बैंक आउने गरेको बताएका हुन् । उनले अहिले कर्जाको मुल्य बढाउनु पर्ने सुझाव समेत राष्ट्र बैंकमा आएको बताउँदै अहिले कर्जाको मूल्य बढाएमा व्यवासायीहरु चावी बुझाउन आउने त्रास रहेको बताए ।
उनले भने,‘बैंकबाट ऋण लिदा कमिसन लिइन्छ भन्ने गुनासो यो फोरममा सुनियो, यो गम्भीर बैकिङ अपराध हो । यो केन्द्रिय बैंकले गम्भीर रुपमा लिएको छ। प्रमाण सहित ल्याउनुस् नत्र फोरम पाएँ भन्दैमा जे पायो त्यही बोल्न पाइदैन ।’
उनले केन्द्रिय बैक ऋणीलाई थप बोझ बोकाउनेतर्फ नलाग्ने स्पष्ट पार्दै चालुपुँजी निर्देशिकाको कार्यान्यनका क्रममा आएको समस्याको बारेमा राष्ट्र बैंकसँग छलफल गर्न पनि आग्रह गरे । त्यस्तै उनले कर्जा लिदा बैंकहरुले कमिसन खाने गरेको भनाई आएको बताउँदै यो गम्भीर अपराध भएको र यदी यस्तो हो भने प्रमाणसहित राष्ट्र बैंकमा आउन पनि आग्रह गरे ।
उनले भने,‘बैंकबाट ऋण लिदा कमिसन लिइन्छ भन्ने गुनासो यो फोरममा सुनियो, यो गम्भीर बैकिङ अपराध हो । यो केन्द्रिय बैंकले गम्भीर रुपमा लिएको छ। प्रमाण सहित ल्याउनुस् नत्र फोरम पाएँ भन्दैमा जे पायो त्यही बोल्न पाइदैन ।’
केन्द्रिय बैंकले नियमन नगर्ने हो भने सहकारीको जस्तो अवस्था आउने बताउँदै गभर्नर अधिकारीले नियमनले नै बैंकहरुप्रति विश्वास जोगाएको बताए ।
उनले अब ग्राहक संरक्षणका लागि सुपरिभिजन गर्ने पनि जानकारी दिए ।
प्रतिक्रिया