वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इभीमा जाने कर्जामा कडाई गर्दै राष्ट्र बैंक, २० प्रतिशत घट्यो ऋणको अनुपात

अर्थटुडे
२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौ । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधन (इभि) मा जाने कर्जामा कडाई गरेको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत इभिमा प्रबाह हुने कर्जामा ६० प्रतिशत मात्र कायम गरेको छ ।

यसअघि इभि किन्दा ८० प्रतिशतसम्म कर्जा प्रबाह गर्न पाइने व्यवस्था थियो । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा भनिएको छ, ‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ,’ ।

इभिमा र व्यक्तिगत सवारी साधन किन्नका लागि जाने कर्जाको दुरुपयोग भएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ