काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले समयमा नै गभर्नर नियुक्ती गर्न नसक्दा विभिन्न अड्कलबाजी चलिरहेको र यसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने बताए ।
उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै यसमा सरकारले जवाफ दिनुपर्ने धारणा समेत राखे ।
सांसद् खतिवडाले भारत र पाकिस्तानविच भएको युद्धको विषयमा पनि आफ्नो धारणा राखे । उनले आतंकवादविरुद्धको लडाईंमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताए । उनले भने, ‘आतंकवादविरुद्धको लडाईंमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु,’।
उनले रुस–युक्रेन, इजरायल–हमास र भारत–पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पु¥याएको भन्दै त्यसको सामना गर्न आवश्यक तयारीमा रहन पनि सरकारको ध्यानाकर्षण गराए ।
‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन् जोखिमयुक्त स्थितिमा छौं भन्ने लागेको छ,’ खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयार होस् भने आग्रह गर्न चाहन्छु ।’
प्रतिक्रिया