काठमाडौं । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष अर्थशास्त्री डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । मंगलबार अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले संयुक्त रुपमा नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ । तर उनीविरुद्ध पनि सर्वोच्चमा रिट परेपछि भने नेपाली कांग्रेसलाई गभर्नर पद निल्नु न ओकल्नुको बनीरहेको स्पष्ट छ ।
प्रतिक्रिया