वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

के हो नियो बैंक ?

अर्थटुडे
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेल संघिय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरे । त्यसअघि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपछि रामचन्द्र पौडेलले ‘सूचना प्रविधि पूर्वाधार विस्तार गरेर डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । नीतिगत तथा कानुनी व्यवस्था गरि डिजिटल बैंक स्थापना गरिनेछ । भन्ने घोषणा गरेका थिए ।

आव २०७९/८० को बजेट वक्तव्यमा तत्कालिन अर्थमन्त्री जनादर्न शर्माले ‘पूर्ण डिजिटल बैंकको स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने’ घोषणा गरेका थिए । त्यसपछि आव २०८०/८१ मा अर्का अर्थमन्त्री डा। प्रकाश शरण महत पनि डिजिटल बैंकको स्थापना गर्ने उद्घोष गरे । तर, अहिलेसम्म यसका लागि ठोस काम हुन सकेको छैन ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा आएपछि फेरी चर्चामा आएपनि डिजिटल बैंक स्थापनाको विषय भने तीन वर्षदेखि घोषणमा मात्र सिमिति भएको पाइएको छ । बल्ल व्यवस्थापिका संसदमा छलफल भइरहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संसोधन विद्ययेकमा भने डिजिटल बैंकबारे प्रावधान राखिएको छ । विद्ययेकमा डिजिटल बैंकले ऐन, अन्य प्रचलित कानुन, प्रवन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, शर्त वा निर्देशनको अधिनमा रही डिजिटल बैंकले तोके बमोजिम निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैंकिङ कारोबार गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

बैंक, वित्तीय संस्था संचालनका लागि इजाजत दिने राष्ट्र बैंक हो । तर, अहिलेसम्म राष्ट्र बैंकले डिजिटल बैंक स्थापनाको घोषणा बाहेक अन्य काम अघि बढाएको छैन । बजेटमा घोषणा भएपछि आव २०७९/८० को मौद्रिक नीतिमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले ‘बजेट वक्तव्यबमोजिम पूर्ण डिजिटल बैंकको स्थापना गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को संशोधन तथा आवश्यक अन्य विशेष ऐन एवम् संस्थागत संरचना तयार गर्ने सम्बन्धमा आवश्यक कार्य गरिने’ घोषणा गरेका थिए ।

२०८०/८१ को मौद्रिक नीतिमा भने पूर्ण डिजिटल बैंकको स्थापना गर्न अवधारणा पत्र तयार भएको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को संशोधन प्रस्ताव तयार भएको प्रगति विवरण उल्लेख छ । तर, अहिलेसम्म केन्द्रीय बैंकले यसको अवधारणा पत्र भने सार्वजनिक गरेको छैन ।

शाखा खोलेर कर्मचारीमार्फत वित्तीय सेवा दिने परम्परागत बैंक भन्दा अलग रुपमा प्रविधिमार्फत वित्तीय सेवा दिने बैंकलाई नियो बैंकका रुपमा बुझिन्छ । यस्ता बैंकले एआइ प्रविधि मार्फत ग्राहकलाई सेवा दिन्छन भने त्यसमा मानिसको संलग्नता हुदैन । रम्परागत बैंकले नै प्रविधिमा आधारित सेवा दिएको अवस्थामा डिजिटल बैंक मान्ने र सम्पूर्ण रुपमा डिजिटल सेवा दिने गरी नै स्थापना भएका बैंकलाई नियो बैंक मान्ने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ