वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अख्तियारद्धारा टेलिकमकी प्रवन्ध निर्देशक संगित पहाडीसहित १८ जना विरुद्ध मुद्दा दायर

अर्थटुडे
२०८२ जेष्ठ २५, आईतवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले टेलिकमकी प्रवन्ध निर्देशक संगित पहाडीसहित १८ जना व्यक्ति विरुद्ध मुद्दा दायर गरेको । आइतबार अख्तियारले नेपाल टेलिकमको विलिङको ठेक्कामा भ्रष्टाचार भएको निष्कर्षसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको देखिएको छ ।

अख्तियारले दर्ता गरेको मुद्धामा प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालिन प्रमूख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, तत्कालिन प्रमूख वित्तिय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालिन प्रमूख संचालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालिन निर्देशक विनिता श्रेष्ठ छन् ।

त्यस्तै टेलिकमका तत्कालिन कर्मचारी अमुल प्रधान, देवेन्द्र खतिवडा, राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण, परमात्मा भट्टराई रहेका छन् । त्यस्तै चिनियाँ नागरिक लोङ योङ, हुवङ वेइ, शैलेश श्रेष्ठ विरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो ।

अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ । बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ