वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन तस्करी र हुन्डी कारोबारसँग जोडिएका दुई वालेटको लाइसेन्स खारेज

अर्थटुडे
२०८२ असार ५, बिहीबार

काठमाडौं । सुन तस्करी र हुन्डी कारोबारको रकम भुक्तानीका प्रयोग भएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र (लाइसेन्स)खारेज गरेको छ । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको लाइसेन्स खारेज गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइवी) ले गरेको अनुसन्धानमा भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली जस्ता कारोबारमा संलग्न व्यक्तिहरुले भुक्तानीका लागि वालेटको प्रयोग गरेको पाइएको छ । यसैगरी विदेशबाट विप्रेषणमार्फत भित्रने रकम अवरोध गरी नेपालमा रहेका आफन्तहरुको खातामा भुक्तानी गर्नका लागि समेत मोवाईल वालेटको प्रयोग गरेको भेटिएको छ ।

प्रहरीले अनुसन्धान अघि बढाएपछि यसअघि नै राष्ट्र बैंकले दुवै कम्पनीको बैंक खाता रोक्का गरेको थियो । पेवेल नेपाल प्रालिले २०७७ असोजमा र सजिलो पे पेमेन्ट सर्भिसेसले २०७७ चैतमा मा राष्ट्र बैंकबाट लाइसेन्स पाएका थिए । यी कम्पनीले विभिन्न कानुनी व्यवस्था समेत पालना नगरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार भुक्तानी तथा फछ्र्योट ऐन २०७५ को दफा ३५ को व्यवस्था अनुसार ती कम्पनीको लाइसेन्स खारेज गरिएको हो । ती कम्पनीहरुले भुक्तानी तथा फछ्र्र्योट ऐन २०७५, भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का विभिन्न प्रावधानको उल्लंघन गरेको भेटिएको राष्ट्र बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ