काठमाडौं । भारतबाट विद्युत आयात कटौति भएसँगै नेपाल विद्युत प्राधिकरणले उद्योगमा थप लोडसेडिङ गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल), बढ्दो तापक्रमलगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको प्राधिकरणले बताएको छ ।
विद्युत् व्यवस्थापनमा कठिनाइ भएकाले औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने प्राधिकरणले जनाएको छ । बिजुलीको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगे पनि उक्त समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्राधिकरणले जानकारी दिएको छ ।
सुक्खायाममा अपुग बिजुली बर्सेनि भारतबाट आयात गरेर पु¥याउने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत् मागका कारण नेपालले चाहे जति विद्युत् किन्न नपाएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी) मार्फत भारतबाट ५० मेगावाट मात्र बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया