वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भ्रष्टाचारको मुद्धा दायर भएपछि पुर्व संचारमन्त्री मोहनबहादुर बस्नेतको संसद पद चैट

अर्थटुडे
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौ । पुर्व अर्थमन्त्री मोहन बहादुर बस्नेतको संसद पद स्वतः निलम्बन हुने भएको छ । टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार गरेको कसुरमा बस्नेत विरुद्ध मुद्धा दर्ता भएपनि उनको संसद पद स्वतः निलम्बन हुने भएको हो ।

विहिबार भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतबिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा छ । ऐन अनुसार दफा ३६ अनुसार मुद्धा दायर भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट पुर्व संचारमन्त्री थिए । उनीमाथि ३ अर्ब २१ करोड रुपैयाँ माग दावी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
त्यस्तै बस्नेतको सांसद पद निलम्बनमा परेकोबारे सभामुखले जानकारी गराउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ