वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देशमा लोडसेडिङ छैन: उर्जामन्त्री खड्का

अर्थटुडे
२०८२ श्रावण २८, बुधबार

काठमाडौ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ नभएको दावी गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै उनले लोडसेडिङ नभएपनि भइरहेको भनि भ्रम फैलाइएको जिकिर गरे । बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको दावी गर्दै उनले सुधारलाई तिव्रता दिएको पनि बताए ।

उनले भने ‘हामीले विद्युत आपुर्तिको सुधारका साथसाथै उत्पादनलाई पनि निरन्तरता दिएका छौं । लोडसेडिङको कुरा निरर्थक रहेको हो ।,’ उनले विद्युत् विस्तार र आपूर्तिलाई सरकारले तिव्रताका साथ अगडि बढाइरहेको र हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको दावी गरे । उनले १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको जानकारी उनले दिए ।

‘अहिले देशले झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत् पु¥याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ