काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री नविन्द्रराज जोशी नियुक्त भएका छन् । बुधबार सरकारले मन्त्री जोशीलाई लगानीबोर्डको उपाध्यक्षको जिम्वेवारी दिने निर्णय गरेको थियो ।
नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुलापुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापितगर्नुुपर्ने बताए ।
जोशीको सम्मान मा लगानीबोर्र्डको कार्यालयले विहिबार आयोजना गरेको स्वागत कार्यक्रम मा बोल्दै उनले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामादिने योगदानबारे अनुसन्धानएवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने बताए ।
उनले बोर्डको काममा आईपर्ने समस्या समाधानगर्न सम्बन्धित मन्त्रालयहरु सँग छलफल गरी अगाडि बढ्न समेत सुझाव दिए ।
सो अवसरमा उद्योग सचिव शंकरप्रसाद कोईरालाले पुँजीगत खर्च कम हुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानीबोर्डले अगाडिबढाएका परियोजनाको सहज कार्यान्वयन मा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिए ।
लगानीबोर्डका प्रमुखकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डले हाल भोगिरहेका समस्या समाधानमा जोशीको मार्ग निर्देशन र सहयोग महत्वपूर्ण हुने बताए । उनले लगानीबोर्डले अगाडिबढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजनाकार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराए ।
प्रतिक्रिया