वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मूलुक संबृद्धिको बाटो उन्मुखः अर्थमन्त्री कार्की

अर्थटुडे
२०७४ पुष २२, शनिबार

काठमाडौं । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन ।

उनले भने,‘लामो समय देखिको संक्रमणकालको अन्त्य भएको छ, कांग्रेसले त्यसको नेतृत्व लियो, कांग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्वल छ भन्ने संकेत गर्दछ, त्यसैले कांग्रेसलाई नयाँ तरिकाले जनताकोबीचमा जानुको विकल्प छैन ।’

मन्त्री कार्कीले संविधानको व्यवस्था अनुसार प्रदेशको राजधानी तोकिने भएकाले आधारभूत कुराहरु र सम्भावना भएको स्थानलाई प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकार रहेको जानकारि दिए । उनले भने छिट्टै प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी प्रक्रिया अनुसार तोकिने छ ।’

त्यस्तै कार्यक्रममा पूर्व सांसद मोनहर नारायण श्रेष्ठले प्रदेश नम्बर १ को राजधानी धनुकुटालाई तोक्न सरकारसँग माग गरेका छन् । उनले भने,‘ प्रदेश नम्बर १ को उपयूक्त राजधानी धनकुटा हुन्छ, भौगोलिक हिसावमा सेन्टरमा पर्छ, पूर्वाभार, सामथ्र्य, हावापानि, सुन्दरता र अन्तराष्ट्रिय सिमानाको देष्टिकोणले पनि त्यत्तिकै उचित छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ