मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको आगामि सम्मेलन सन् २०२० मा नेपालमा हुने भएको छ ।
शनिबार क्वालालम्पुरमा सम्पन्न भएको किवानिज इन्टरनेशनल एसिया प्यासिफिक क्षेत्रको ४३ औँ बार्षिक सम्मेलनमा सो कुरा पारित भएको हो । किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलन हेरक बर्ष आयोजना हुने गर्छ, जसमा निर्वाचन मार्फत् अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन गरिन्छ ।
किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले सन् २०२० मा नेपालमा हुने सम्मेलनको प्रारम्भिक तयारीको जानकारी गराए ।
“नेपाल सरकारले सन् २०२० लाई भिजन नेपालका रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा हाम्रो यो सम्मेलनले नेपालमा पर्यटक भित्र्याउन थप सहयोग पुग्नेछ । यो सम्मेलनमा १५ सय बढि प्रतिनिधि र ३ हजार पर्यटक भित्र्याउने हाम्रो लक्ष्य रहेको छ” उनले बताए ।
अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनल नेपालका हालसम्म देशभर १६ वटा किवानिज क्लव गठन भएको जानकारी दिदैँ̉–“नवलपरासिमा बालबालिकाको नेतृत्व विकासका लागि के–किड्ज क्लब, हेटौडमा सडक बालबालिकाका लागि मामा घर नेपाल, संखुुवासभामा २४ हजार बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामाग्री लगायतका सामान प्रदान गदैँ आएका छौँ । यस्तै पोखरामा ५० जना बालबालिकाका लागि झोला र स्टेसनरी र रुपन्देहीमा ५ सय जना बालबालिकालाई स्टेसनरी प्रदान गदैँ आएका छौँँ” भने ।
किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले मलेसियामा भएको यो किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलनमा कुुल ९ सय ५० सहभागी मध्ये नेपालबाट मात्र ५४ जनाको सहभागिता रहेको जानकारी दिए । उनले १०३ बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपाल समेत हुुनु आफैमा गर्वको कुरा भएको बताए ।
सचिव लम्सालले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्यवमा शारिरिक अपाङ्गता भएका १८ बर्ष भन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ता बालबालिकाको निशुुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
सिन्धुपाल्चोक किवानिज क्लवका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराए ।
उनले यस क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम सञ्चालन भैरहेको बताए ।
किवानिज चिल्डे«न फन्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा १ करोड राशिको किवानिज चिल्डे«न फन्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताए । उनले यसरी बन्ने उक्त कोष मार्फत् क्यान्सर पिडीत बालबालिका राहत कार्यक्रम, विपद् व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रमुख लक्ष्य रहेको बताए ।
प्रतिक्रिया