काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ३२ करोड १२ लाख २२ हजार रुपैयाँ जम्मा भएको छ । संघिय सरकारले ५० करोड रुपैयाँ राखेर सुरु गरेको कोषमा विभिन्न संघसंस्था र व्यक्तिले रकम जम्मा गरेका हुन् ।
कोषले प्रत्येक दिनको जम्मा भएको रकमको विवरण सार्वजनिक गर्दै आएको छ । यसैगरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सन्चालन निर्देशिका २०७६ मार्फत कोष संचालन भइरहेको छ ।
कोषमा हालसम्ममा सबैभन्दा बढि योगदान नेपाल आयल निगमले ५० करोड रुपैयाँ गरेको छ । यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल टेलिकमले १२ करोड, एनसेलले १० करोड, विमा समितिले ५ करोड र कर्मचारी सञ्चय कोषले ५ करोड रुपैयाँ योगदान गरेका छन् ।
यसैगरी नेपाल स्टक स्क्चेन्ज ३ करोड ५१ लाख, नेपाल धितोपत्र बोर्डले ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषले ३ करोड, नागरिक लगानी कोषले २ करोड र राष्ट्रिय वीमा कम्पनीले २ करोड रुपैयाँ सहयोग गरेका छन् ।
कोषमा सहयोग गर्ने चाहानेले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सक्ने कोषले जनाएको छ ।
प्रतिक्रिया