वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शहरी पूर्वाधार विकास परियोजनामा विश्व बैंकले साढे १७ अर्व लगानी गर्ने

अर्थटुडे
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । विश्व बैंकले शहरी पूर्वाधार विकास परियोजनामा साढे १७ अर्व लगानी गर्ने भएको छ । बैंकले मंगलबार १५० मिलियन डलर (१७ अर्ब ६६ करोड रुपैयाँ) बराबरको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी परियोजना स्वीकृत गरेको हो ।

परियोजनाबाट संघियतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै सेवा प्रवाहको संस्थागत क्षमता वृद्धि गर्ने बैंकले जनाएको छ । यसबाट कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथी उठाउनका लागि समेत सहयोग पुग्नेछ ।

परियोजनाबाट नेपालका दोस्रो सहरहरुको प्रभावकारी स्थानिय सेवा पुर्याउन र महामारीबाट कमजोर भएका लक्षित समूहलाई माथी उठाउन सहयोग पुर्याउने बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्भोसले बताए । यसबाट नगरबालिको क्षमता वृद्धि गनए, स्थानिय उत्तरदायित्व बढाउन र कमजोर समूहलाई छोटो अवधिको रोजगारी दिएर कोभिडको प्रभावबाट बाहिर ल्याउन मद्दत गर्ने उनले दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ