वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले घटायो करिव २ खर्ब बजेट

अर्थटुडे
२०८१ माघ २४, बिहीबार

काठमाडौ । सरकारले बजेट संशोधन गरेको छ । विहिबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक बर्षको अर्धबार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को बजेट १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमा झारेका हुन् । सो रकम सरकारले चालु आर्थिक बर्षको लागि छुट्याएको रकमको ९०.९९ प्रतिशतमात्र हो ।

अघिल्लो सरकारले चालु आर्थिक बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट छुट्याएको थियो । तर ६ महिनाको अवधिको खर्चको अवस्था हेर्दा पुरै बजेट खर्च हुन सक्ने अवस्था नभएपछि ९.१ प्रतिशत घटाएको हो ।

अर्थमन्त्रीले प्रतिवेदन पढ्दै चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र खर्च हुने अनुमान गरेका छन् । त्यस्तै पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान सरकारले गरेको छ । वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९.०९ प्रतिशत हो ।

त्यस्तै राजस्व परिचालन भने १२ खर्ब ८६ अर्ब रुपैयाँमात्र हुने अनुमान सरकारले गरेको छ । सरकारले यसबीच राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब बराबर स्रोत जुट्ने अनुमान गरेको छ ।
बाँकी रकम जुटाउन वैदेशिक अनुदान र वैदेशिक ऋणमा भर पर्नुपर्छ । त्यसको अनुमान क्रमशः ३६ अर्ब ६२ करोड र १ खर्ब ८० अर्ब ८३ करोड रुपैयाँ बराबर गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ