वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमसीसी पनि ९० दिनका लागि रोकियो

अर्थटुडे
२०८१ फाल्गुन ६, मंगलवार

काठमाडौं । अमेरिकाले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलवार विज्ञप्ती जारी गर्दै ९० दिनका लागि एमसीसी रोकिएको जानकारी आएको बताएको छ ।

‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच २०७४ साल भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ ’ अर्थ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले गत वर्ष नोभेम्बर २७ मा २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो, जसमा इच्छुक कम्पनीहरूलाई जनवरी ३० सम्म प्रस्ताव पेस गर्न समय दिइएको थियो।

यो निर्णयले उक्त खरिद प्रक्रियालाई प्रभावित गर्नेछ। प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी कार्यान्वयन गर्ने योजना थियो, लप्सीफेदी-रातमाटे-नयाँ हेटौंडा, रातमाटे-नयाँ दमौली, र नयाँ दमौली-नयाँ बुटवल। तीनवटा ४०० केभी सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइनको काम भइरहेको थियो।

यसअघि यूएसएडअन्तर्गतका सबै सहयोग रोकिएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ