काठमाडौ । सरकारले आगामी आर्थिक बर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ पठाएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको यस्तो बजेटमा प्रदेशहरुलाई ९७ अर्ब ५६ करोड र स्थानीय तहलाई ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ पठाएको छ । समानीकरण, शशर्त, विशेष र समपुरक गरी चारवटा शिर्षकमा बजेट पठाएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
स्थानीय तहमा पठाएकोमध्ये ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ महानगरपालिका, ११ अर्ब ३८ करोड ३८ लाख उपमहानगरपालिका, १खर्ब ४३ अर्ब १० करोड रुपैयाँ नगरपालिका र १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ गाउपालिकालाई छुट्याएको छ ।
हेर्नुहोस् तपाईको स्थानीय तहमा संघीय सरकारले पठाएको बजेट कति छ ?
प्रतिक्रिया