वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदुरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न एडिबीको सुझाव

अर्थटुडे
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौ । एसियाली विकास बैंक (एडिबी)ले सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुझाव दिएको छ । सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटकन विकास अध्ययन मा आधारित भएर सो सुझाव दिएको एडिबीले जनाएको छ सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधबार आयोजित लगानी तथा विकास तयारी सम्मेलनमा एडिबीले ति सुझावहरु दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा एडिबीले सो अध्ययन गरेको थियो । त्यस्तै एडिबीले सन् २०२२ को प्रदेश पर्यटन गुरुयोजना निर्माण पनि गरेको हो ।
एडिबीले गरेको अध्ययनले सुदुरपश्चिममा आर्थिक पहुँच अभिवृद्धि गर्न र देशमा भित्रिएका पर्यटकहरूको सन्तुलित वितरण सुनिश्चित गर्न यस क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । साथै, अध्ययनले समग्र पर्यटन सर्किट र वातावरणमैत्री (पर्यटकीय) गन्तव्यहरूको विकास, सुशासन, दक्ष जनशक्ति विकास र निजी लगानी आकर्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको पनि सुझावमा उल्लेख गरिएको छ ।

‘यस प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम छन्,तर पर्यटनको सम्भावना अझैसम्म पूर्ण रूपमा उपयोग भएको छैन,” नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, “अध्ययनले कनेक्टिविटी (यातायात सञ्जाल), पर्यटकीय गन्तव्यहरू र जनशक्ति क्षमतामाको क्षमता विकास लक्षित लगानीद्वारा सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएको छ । यो सोच र दृष्टिकोणलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्दछौं । हामीले सुदूरपश्चिमको पर्यटन विकास गर्दा यसको प्राकृतिक सुन्दरता र वातावरणको संरक्षण आगामी पुस्ताका लागि कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ,” कोश्वाले भने । कोश्वाले नेपालको समग्र विकासमा एडिबीको प्रतिबद्धता दोर्होर्याए ।

उनले यस कार्यक्रमले विकास रणनीतिहरूमा सामञ्जस्याता कायम गर्नुका साथै सार्वजनिक –निजी साझेदारीलाई प्रवद्र्धन गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने महत्वपूर्ण मञ्च प्रदान गरेको पनि उल्लेख गरे । कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा देउवास उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीस वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहभागी थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ