काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीसहित ५ जनाविरुद्ध मुद्धा दायर गरेको छ । उनीविरुद्ध अख्तियारले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा तीनवटा फरक–फरक मुद्दा दायर गरेको हो । रुपन्देही सिद्धार्थनगर–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको ¥याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएर भ्रष्टाचार गरेको भन्दै उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।
उक्त परियोजनामा एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले जनही १९–१९ लाख रुपैयाँ बिगो दाबी गरेको छ । पुर्व अध्यक्ष अधिकारीसँग ७४ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । त्यसैगरी तनहुँ आबुँखेरेनी–१ मा रहेको अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस लिएको आरोपमा डा। अधिकारीसहित ६ जनाविरुद्ध अलग्गै मुद्दा दाय भएको छ । उक्त मुद्दामा प्रतिवादीहरूबाट जनही ५०–५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
त्यस्तै, हिमाल तराई कन्स्ट्रक्शन प्रालिको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । यस मुद्दामा दुवै प्रतिवादीबाट जनही पाँच÷पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
प्रतिक्रिया