वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहस नहस बनाइरहेको छ ।’ सांसद अमनलाल मोदी

अर्थटुडे
२०८२ असार ८, आईतवार

काठमाडौ । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद साहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्वन गरेको आरोप लगाएका हुन् ।

उनले उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको पनि दावी गरे । उनले भने, ‘आज हाम्रा उद्योगहरु भएका छन्, व्यवसायहरु चौपट छ, व्यापारहरु लथालिङ्ग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पदन महंगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयाे’ ।

‘सरकारले स्वदेशको पूँजी जगेर्नाका लागि उद्योगीहरुलाई बचाउनुपथ्यो । तर नेपालका पूँजी विदेशमा लैजाने र पूँजी पलायनलाई सहायता गर्ने बजेट ल्याईको छ । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’ उनले प्रश्न गरे ।

सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको पनि उनको टिप्पणी थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाए।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ