काठमाडौं । मुग्लिन पोखरा सडक योजनामा फेरी पनि म्याद थप भएको छ । आयोजना अन्तर्गत पूर्वी खण्ड (आँबुखैरेननी-जामुने) सडकको म्याद फेरी थपिएको हो ।
यसअघि ३ पटक म्याद थप्दा पनि आयोजनाको काम पूरा हुन नसकेको छैन । यस खण्डको तेस्रो पटक थपिएको म्याद गत असार २९ गते सकिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तिम पटकका लागि भन्दै चौथो पटक फेरी पनि म्याद थप गरेको हो ।
मन्त्रालयका अनुसार ३ महिना म्याद थपिएको छ। मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले आगामी असोज २५ गतेसम्मका लागि म्याद थप गरिएको बताए।
पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्र बाहेकका रङरोगन लगायत केही काम बाँकी रहेकाले म्याद थपिएको हो । पूर्वी खण्डमा कालोपत्रको सबै काम सकिएको छ । दमौली बजारमा ६ लेन र अन्य ठाउँमा ४ लेनमा सडक कालोपत्र भएका छन् ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । विसं २०२६ सालमा रेखांकन गरिएको यो सडक अहिले एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा स्तरोन्नति गरिएको हो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको थियो ।
प्रतिक्रिया