काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी इको क्षेत्रमा हरेक वर्ष दोहोरिने सडक समस्याले व्यापारी, यात्रु र पर्यटकलाई सास्ती खेप्न बाध्य बनाएको भन्दै सरोकारवालाहरूले स्थायी समाधानको माग गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग वडाध्यक्ष कुमार श्रेष्ठ नेतृत्वको टोलीले भेट गर्दै दशैं जस्तै चाडपर्वमा विशेषगरी स्थानीयबासी र व्यापारीले ठूलो कठिनाइ भोग्नुपर्ने गुनासो गरेका हुन्।
यो सडक व्यवधानले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापारमा नकारात्मक असर परेको मात्र होइन, कैलाश मानसरोवर तीर्थयात्रीसमेत प्रभावित हुने गरेका छन्।
सरकारलाई तत्कालीन मर्मत भन्दा दीर्घकालीन समाधानमा जोड दिन आग्रह गर्दै सरोकारवालाहरूले दिगो यातायात प्रणालीको वातावरण बनाउन जोड दिएका छन्।
प्रतिक्रिया