वि.सं. २०८२ आश्विन २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इ-७ भिसालाई लिएर कोरियामा यस्तो छ व्यवस्था

अब म्यानपावरबाट इ-७ भिसामा कोरिया जान नपाइने

अर्थटुडे
२०८२ आश्विन २, बिहीबार

काठमाडौं । अब म्यानपावरबाट इ-७ भिसामा कोरिया जान नपाइने भएको छ ।  सरकारले म्यानपावरबाटै सीपयुक्त दक्ष्य तालिम प्राप्त कामदारलाई दक्षिण कोरिया पठाउने तयारी सहित प्रकृया अघि बढाएकोमा अब यो नहुने भएको हो ।

दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त कामदार पठाउने प्रक्रियामा विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि योजना स्थगित गरेको हो।

श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई कार्यान्वयन नगर्न आधिकारिक पत्र पठाएपछि प्रक्रिया थामिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए।

गत असारमा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत सीपयुक्त श्रमिक पठाउने कार्यविधि संशोधन गरी अघि बढाएको थियो। त्यसै आधारमा कोरियास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरण गर्न समेत निर्देशन दिइएको थियो। तर, आयोगको हस्तक्षेपपछि कामदार पठाउने प्रक्रिया अनिश्चित बनेको छ।

कोरियामा कार्यरत सुस्मिता पुनका अनुसार हालसम्म कोरियामा सिधै इ-७ भिसामा भारत बाहेक कुनै पनि देशका कामदार ल्याउन सुरु गरिएको छैन । उनले कोरियामा नेपालीलाई इ७ भिसा दिने विषयमा हालसम्म कुनै कुरा नउठेको भन्दै हल्लाको पछि नलाग्न सुझाव दिएकी छन् ।

के हो इ-७ भिसा ?

इ–७ भिसा पाउन व्यक्तिसँग सिपमा आधारित  प्राविधिक वा सीपयुक्त दक्षता (जस्तै: वेल्डिङ, इलेक्ट्रिसियन, मेसिन अपरेटर, टेक्निसियन, आईटी, नर्सिङ, होटल–टुरिजम लगायत) हुनुपर्छ।  यो भिसा पाउने व्यक्तिले कोरियाली कम्पनीले चाहेको खण्डमा हरेक २ वर्षमा भिजा थप गर्दै भाषा परिक्षा दिएर लामो समयसम्म काम गर्न र करियर बनाउने अवसर पाउँछन्।

यसका लागि कुनै कोरियाली कम्पनी वा संस्थाले सीपयुक्त कामदारको मागपत्र दिएर श्रमिकलाई स्पोन्सरमा बोलाउने काम हो। इ–७ भिसा धारकले सिप, आय र बसाइ अवधि अनुसार परिवार (पति/पत्नी, सन्तान) पनि कोरियामा लैजान पाउने सुविधा हुन्छ।  लगातार काम र कर भुक्तानी गरेको खण्डमा भविष्यमा स्थायी बसाइको बाटो सम्भावना खुलाउने सम्भावना हुन्छ ।

नेपालबाट कतिसम्म सम्भव छ ?

यो इ-७ भिसा भनेको कोरियामा लगातार ५ वर्ष काम गरेपछि काम्पनीले चाहेको खण्डमा कामदारले कोरियन भाषाको उच्च लेबल पास गरे पाउन सक्ने एक प्रकारको भिजा हो । कोरियामा कार्यरत सुस्मिता पुनका अनुसार यो भिसा लगातार २ लाख ५० हजार रुपैयाँ नेपाली तलब खाएको व्यक्तीले भाषा परिक्षा दिएपछि कम्पनीले चाहेको खण्डमा मात्र २ वर्ष अवधिका लागि बनाउन पाउने छन् । उनले यो भिसा कुनै कम्पनीले ३ वटा कोरियन कामदार बराबर १ जना विदेशीलाई दिन मिल्ने गरि बनाइएको छ । यस भिसाका लागि हरेक २ वर्षमा परिक्षा दिएर लेबल पास गर्नु पर्ने उनले बताइनु ।

पुनले अर्थ टुडेसँग भनिन् “काम सजिलो हुदैन तर सिप सिकेको कुनै पनि मेसिनमा लगातार ५ वर्ष काम गरेको हुनु पर्छ र त्यो मेसिनमा काम गर्न योग्य हो भनेर कम्पनीले प्रमाण गरेको अवस्थामा इ-७ भिसा ठिक छ तर अलि बढि जटिल पनि छ भाषा नजानी हुँदैन ।”

इ-७ भिसाको नकारात्मक पक्ष

यस भिसा अन्तर्गत कोरियाली सरकारले कडा मापदण्ड तोकिदिएको छ । यसका लागि सीप, अनुभव, प्रमाणपत्र तथा् भाषाको स्तर उच्च चाहिन्छ। यस भिसामा सामान्य श्रमिक सहजै जान पाउदैन । यो भिसा स्पोन्सर गर्ने कम्पनीसँग जोडिएको हुन्छ । त्यसैले यदि काम गुम्यो वा कम्पनीले सम्झौता तोड्यो भने सिधै नेपाल फरर्कनु पर्ने हुन्छ।

उच्च सीपयुक्त भनेर ल्याइए पनि कतिपयलाई अपेक्षा भन्दा कम तलब वा बढी काम गराइने जोखिम रहन्छ। नियोक्ताले सम्झौताअनुसार नचल्दा श्रमिक अलपत्र पर्नुका साथै दबाब र शोषणको सामना गर्नुपर्ने अवस्था सृजना भएको धेरै कोरियाली कामदारको अनुभव रहेको छ ।

नेपाली मात्र नभई धेरै अन्य मुलुकका सीपयुक्त कामदारले पनि सँगै लकाम गर्ने लभएकाले प्रतिस्पर्धा कडा हुनेछ ।
यस्तै माग कम भए पनि आवेदक धेरै हुने भएकाले छनोट कठिन हुने देखिन्छ।

भिसा अवधि र नवीकरण निकै छोटो समयका लागि हुन्छ । यस भिसा अन्र्तगत १ देखि २ वर्षका लागि मात्र भिसा दिइने छ । भिसा नवीकरण कम्पनीको आवश्यकता र कामको मूल्याङ्कनमा निर्भर हुन्छ।

एक पटक इ-७ भिसा लिएपछि अन्य प्रकारको भिसा परिवर्तनमा बदल्न कठिनाई नभए पनि प्रक्रिया जटिल र लामो हुने गरेको पाइन्छ। यस भिसा अन्र्तगत २ वर्षका लागि मात्र सम्झौता हुने भएकाले कम्पनीले मागपत्र फिर्ता गरेमा वा दूतावासले प्रमाणीकरण नदिएमा तत्कालै काम र बसाइ दुवै प्रभावित हुन्छ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ