काठमाडौं । जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि नेपाललाई २ अर्ब ८० करोड जापानी येन अर्थात् करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको सम्झौतामा अर्थसचिव घनश्याम उपाध्याय र जापानी राजदूत तोरु माएदाले हस्ताक्षर गरे । उक्त सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा सम्पन्न भएको हो ।
महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लामो बीपी राजमार्ग जापानकै सहयोगमा निर्माण गरिएको हो । तर, गत वर्षको बाढी र पहिरोले राजमार्गका धेरै खण्डमा क्षति पुर्याएको थियो, विशेष गरी रोशी खोलाको वरिपरि भाग पूर्ण रूपमा नष्ट भएको बताइएको छ ।
अर्थमन्त्री खनालले जापानको सहयोगलाई दुई देशबीचको मित्रता र विश्वासको प्रतिकका रूपमा व्याख्या गरे । राजदूत माएदाले भने, “यो अनुदानले क्षतिग्रस्त संरचना पुनःनिर्माण गरेर राजमार्गलाई पुनःजीवन दिनेछ,” भन्दै नेपालप्रति जापानको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया