ओमदेवी मल्ल
अन्तराष्ट्रिय सहकारी महासंघ (आइसिए) बोर्ड सदस्य तथा उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
सन् २०१७ नोभेम्बर १७ ओमदेबी मल्लको जीवनको सबैभन्दा खुसीको क्षण । मलेसियाको क्वालालम्पुरस्थिति एक होटलमा करिव विश्वभरबाट आएका सयौ सहकारीकर्मीहरुको विचमा जब उनको नाम अन्तराष्ट्रिय सहकारी महासंघ (आइसिए) को सञ्चालक सदस्यको रुपमा उद्घोष भयो उनको हर्षको सिमा नै रहेन ।
विश्वभरमा सहकारीको क्षेत्रमा नयाँ नयाँ प्रविधि, सिप र ज्ञान भित्र्याएका धेरै संस्थाहरुका बौद्धिक व्यक्तित्वहरु थिए । उनीहरुका सामु नेपालबाट प्रतिनिधिको रुपमा गएकी मल्लले आइसिए जस्तो गरिमामय संस्थाको संन्चालक हुने सम्भावना भने कम थियो । आइसिए सदस्यको लागि भारत, अमेरिका, चीन लगायतका विभिन्न देशका सहकारी नेतहरुको दौडधुप र उनीहरुले गरेको आर्थिक खर्च निक्कै थियो । तर नेपालबाट प्रतिनिधि भएर गएकी ओमदेवी मल्लको कुनै तयारी थिएन । न उनी कुनै देशमा भोट माग्नका लागि गएकी थिइन् न उनले धेरै रकम समेत खर्च गरेकी थिइन् यत्तिसम्म की उनले आफूले चिनेका अन्तराष्ट्रिय सहकारी संघसंगठनका व्यक्तिहरुलाई समेत आफू उमेदवार हुने कुराको जानकारी दिएकी थिइनन् ।
आइसिएको निर्माचनताका नेपालमा प्रनिनिधिसभा र प्रदेशसभाको चुनावी प्रक्रिया चलेको थियो नेपाली कांग्रेसमा आश्था राख्ने र अघिल्लो संविधानसभाको चुनावमा समानुपातिकबाट सभासद पाएका कारणले उनले काठमाडौबाट प्रत्यक्षमा सभासदका लागि लड्ने सोच बनाएकी थिइन । तर नेपाली कांग्रेसको नेतृत्वले उनलाई चुनावमा लड्नका लागि टिकट दिएन । त्यसैले उनी मलेसियाको आइसिएको साधारणसभामा भाग लिन श्रीमान् एसपी केदार ढकालसँग पुगिन् । उनलाई त्यहाँको माहोल आफ्नो पक्षमा पार्न सकिन्छ जस्तो लाग्यो ,जव उनले सो सम्मेलनमा भाग लिन आएका सहकारीकर्मीहरु धेरैजना परिचित अनुहारहरु थिए । उनले आइसिएको सञ्चालक समिति सदस्यको लागि आफू चुनावी मैदानमा उत्रने सोच बनाइन् र चुनावमा होमिइन् । नेपालबाट गएकाहरुले कसैले पनि जित्ने सम्भावना देखेका थिएनन् तर उनले हार मानिन् ,त्यसैले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले उनलाई पुरा सहयोग गरे ।
उनी त्यतिवेला भाग्यमानी सावित भइन् जतिवेला उनका पतिले उनलाई सम्पुर्ण रुपमा सहयोग गरे । ढकालको अंग्रेजी भाषा निक्कै राम्रो थियो जसले गर्दा मल्ललाई थप मद्धत पुग्यो । उनले ढकालको सहयोगका कारण सहकारी क्षेत्रमा गरेको सम्पुर्ण कामको विस्तृत विवरण आइसिएका भोटरहरुलाई बुझाउन सफल भइन् । जसले गर्दा उनलाई भोट नहाल्ने मनसाय बनाएका भोटरहरुले पनि भोट हाले र अन्ततः नेपालको प्रतिनिधित्व गर्दै उनी आइसिएको बोर्ड सदस्यको रुपमा चार बर्षको लागि चयन भइन् ।
बाल्यकाल
२०२९ साउन १९ गते गोरखामा स्वर्गिय कृष्णदास मल्ल र राधामाया मल्लकी कान्छी छोरीको रुपमा जन्मेकी मल्लको बाल्यकाल गोरखामा नै वित्यो । घरकी कान्छी छोरी भएकोले होला उनलाई घरमा सबैले माया गर्ने गर्दथे । उनको बाल्यकाल माया र लाड प्यारमा नै वित्यो । सानो छदा पनि निक्कै उत्सुक र चन्चले बानी भएको कारण उनलाई सबैले मन पराउथे । धेरै दाजुभाइ र दिदि बहिनीहरुको बीचमा हुर्केकि भएर होला उनलाई कसैले ठूलो स्वरले गालि गरेपनि रुन मन लाग्थो रे । अहिले समय र परिस्थितिसँग जुद्धै गएपछि भने छिट्टो आशु झर्दैन उनी भन्छिन् ।
शिक्षा
उनले माध्यमिक तहको शिक्षा गोरखामा नै पुरा गरिन् । उनी एसएलसीको परिक्षामा पास भएपछि काठमाडौमा उच्च शिक्षा अध्ययनका लागि आइन् र बागबजारमा रहेको पद्यमकन्या बहुमुखी क्याम्पसमा भर्ना भइन् । उनले त्यहाँबाट समाज शास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन गरिन् त्यस्तैगरी उनले समाजशास्त्रमा स्नातक र कला शास्त्रमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेकी छिन् । त्यस्तैगरी उनले भारतको दिल्लीबाट सन् २००५ मा डिप्लोमा इन को अपरेटिभ एजुकेशन म्यानेजमेन्ट कोर्ष पुरा गरेकी छिन् ।
नेपाली कांग्रेसले दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट उनलाई सभासद मनोनयन गर्यो । सभासद भएपछि उनले राजनीतिबाट सहकारी क्षेत्रमा जति गर्न सकिन्छ उति गरिन् । उनले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि सहकारी ऐन निर्माणमा ठूलो भुमिका निर्वाह गरिन् । संविधानसभामा रहेका सदस्यहरु मध्ये केशवप्रसाद बडाल र ओमदेवी मल्ल बाहेक अरुले सहकारी ऐन निर्माणमा खासै ध्यान दिएका थिएनन् । तर उनीहरु यही क्षेत्रको अभियन्ता भएको नाताले ऐन सहकारीमैत्री आउनुपर्छ भन्ने ध्येयका साथ काम गरेर अन्ततःउनीहरुकै बलमा सहकारी ऐन सहकारीमैत्री नै आयो । सहकारी ऐन आएपछि नकारात्मक कुराहरु भएपनि उनी त्यसलाई सहज रुपमा नै लिन्छिन् । उनी भन्छिन्, “अरुलाई भन्न सहज छ तर सोही काम गर्नका लागि कति कठिन छ भन्ने कुरा मैले प्रत्यक्ष रुपमा भोगेकी छु त्यसैले सहकारी ऐन आयो त्यो नै ठुलो कुरा हो” ।
सहकारीमा अन्तराष्ट्रिय सहभागिता
उनी सहकारी क्षेत्रको अन्तराष्ट्रिय क्षेत्रमा सन् २००५ देखि नै सहभागि भइन् । उनको पहिलो अन्तराष्ट्रिय क्षेत्रमा सहमागिता भनेको भारतबाट सुरु भएको थियो । सन् २००७ मा उनले श्रीलंकाको सहकारी संघसंस्थाहरुको भ्रमण गरिन्, त्यस्तै सन् २००८ मा दुर्गम क्षेत्रका उद्यमीशील महिलाहरुको लागि दिगो विकास तालिममा जापानमा भाग लिइन् ।
त्यस्तैगरी उनले सन् २००८ मा नै फिलिपिन्सक, बेलायत र श्रीलंकाको भ्रमण गरिन् । भने सन् २००९ मा मलेसिया भ्रमण गरिन् । उनले सन् २००९ मा स्वीजरल्याण्ड,२०१० मा क्रेडिट व्यवस्थापन तालिमको लागि कोरिया गइन् ।
उनी सन् २०११ मा चीन, भारत र पुन चीन र मेक्सिको गइन् । सन् २०१२मा बेलायत, जापान,गएकी उनी सन् २०१३ मा दक्षिण अफ्रिकामा मा पुगेकी थिइन् । सन् २०१४ मा फिलिपिन्स, २०१५ मा क्यानडा, सन् २०१६ मा कोरिया,सन् २०१७ मा भियतनाम र मलेसियामा भएको अन्तराष्ट्रिय सहकारी महासम्मेलनमा राष्ट्रिय प्रतिनिधिको रुपमा भाग लिएकी छिन् । सन् २०१७ मा मलेसियामा भएको अन्तराष्ट्रिय सहकारी महासंघको चुनामा उनी बोर्ड सदस्य चुनिएपछि भने उनी बोर्ड सदस्यको रुपमा २०१८ मा बेल्जियम ,फ्रान्समा र अर्जेन्टिनामा सहभागि भएकी छिन् ।
सहकारीसँगै राजनीतिमा
उनको राजनीति यात्रा रमाइलो छ । उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौको पद्धमकन्या क्याम्पसमा भर्ना भएकी उनलाई त्यहाँको राजनीतिले छोयो । उनी त्यहाँ नेपाल विद्यार्थी संघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा हाम फालेकी थिइन् । तर समय र परिस्थितिसँगै उनले राजनीतिलाई एउटा कुनामा राखेर सहकारी आन्दोलनमा लागिन् । उनलाई सहकारीले नै नाम दियो । विस्तारै राजनीतिलाई सहकारीले ओझेलमा पार्दै गएको थियो तर उनलाई राजनीतिको भोकले भने पुर्ण रुपमा छोडेको थिएन । राजनीतिबाट नै सम्पुर्ण नीतिगत निर्णयहरु गर्न हुन्छ भन्ने बुझेकी ओमदेवीलाई पुन राजनीतिमा प्रबेश गर्न मन लाग्यो । र उनले फेरी छानिन् नेपाली कांग्रेस किनकी उनी नेपाल विद्यार्थी संघकी सदस्य समेत थिइन् ।
नेपाली कांग्रेसले दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट उनलाई सभासद मनोनयन गर्यो । सभासद भएपछि उनले राजनीतिबाट सहकारी क्षेत्रमा जति गर्न सकिन्छ उति गरिन् । उनले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि सहकारी ऐन निर्माणमा ठूलो भुमिका निर्वाह गरिन् । संविधानसभामा रहेका सदस्यहरु मध्ये केशवप्रसाद बडाल र ओमदेवी मल्ल बाहेक अरुले सहकारी ऐन निर्माणमा खासै ध्यान दिएका थिएनन् । तर उनीहरु यही क्षेत्रको अभियन्ता भएको नाताले ऐन सहकारीमैत्री आउनुपर्छ भन्ने ध्येयका साथ काम गरेर अन्ततःउनीहरुकै बलमा सहकारी ऐन सहकारीमैत्री नै आयो । सहकारी ऐन आएपछि नकारात्मक कुराहरु भएपनि उनी त्यसलाई सहज रुपमा नै लिन्छिन् । उनी भन्छिन्, “अरुलाई भन्न सहज छ तर सोही काम गर्नका लागि कति कठिन छ भन्ने कुरा मैले प्रत्यक्ष रुपमा भोगेकी छु त्यसैले सहकारी ऐन आयो त्यो नै ठुलो कुरा हो” ।
उनलाई आफ्नो जीवनदेखि गुनासो छैन । उनी भन्छिन्,‘ अहिले म विश्व हल्लाउन सक्ने् महिलाहरु हिलारी क्लिन्टन, ओपरा विन्गफ्रे, एन्जेलिन मार्केल लगायतका सफल महिलाहरुको जीवनी पढिरहेको छु । महिलाहरु सफल हुनका लागि ठूलो चुनौति सामना गुर्नपर्छ । एक महिला छोरी, बुहारी, सासु,आमा लगायतका पारिवारिक बन्धनमा झेलिनु पर्दछ र उनीहरुले ति पारिवारिक सम्बन्धलाई मजवुत बनाउदै काममा पनि दक्षता देखाउनु पर्दछ भन्ने कुरा जीवनी पढेर समेत बुझ्न सकिएको उनी बताउछिन् । उनि भन्छिन् जव म उनीहरुको जीवनी पढिरहेको हुन्छु, मेरो जीवनमा घटेका विभिन्न घटनाहरु उनीहरुको सामु फिक्का र साना लाग्न थाल्छ र म भित्र एक प्रकारको उर्जा थपिन्छ ।
सहकारीमा संघर्ष
उनले सहकारीमा दुई दशक भन्दा बढी समय विताईन् । उनको लागि सहकारी नै सबैथोक हो । सहकारीले नै उनलाई नाम ,पहिचान, र हिम्मत दियो । उनी विश्वभरका सहकारी संस्थाहरुको साझा संगठन आइसिएकी सञ्चालक सदस्य भएकी छिन् । जसको श्र्रेय उनको धैर्य, आत्मविश्वास, सहकारी प्रतिको लगाव र सहकारीबाट कमाएको मायालाई जान्छ । उनले सहकारीको नाममा आफ्ना सम्पुर्ण व्यक्तिगत सुख सुविधालाई तिलान्जली दिइन् । हुन त जहाँ दुख हुन्छ त्यहाँ सुख अवस्य आउछ भन्ने भनाइ छ । त्यस्तै भयो ओमदेवीलाई पनि उनले ठूलो संघर्षमा विताईन् करिव डेढ दशक त्यसैले होला अहिले उनी खुसी र सुखी छिन् । उनले ६ बर्षको कलिलो बालक छोरो छोडेर सहकारीको डिप्लोमा कोर्षको लागि दिल्ली समेत पुगिन् । उनले सहकारी क्षेत्रमा गरेको योगदान सहकारी क्षेत्रले कहिल्यै भुल्न सक्दैन । राजनीति र सहकारी फरक पाटो भएपनि उनले कुशलतापुर्वक आफ्नो भुमिका निर्वाह गरिन् ।
उनलाई राजनीतिमा कुटनीतिक भाषाको प्रयोग गर्नुपर्ने बाध्यता पनि रह्यो सहकारी क्षेत्रमा सोझो, सिधा र सत्य कुरा बोलेको बानी भएकोले होला उनलाई सुरु सूरुमा त निक्कै कठिन भयो रे । सहकारीमा हुँदा जे पनि सम्भव छ जस्तो लाग्ने उनलाई राजनीतिमा प्रवेश गरिसकेपछि चाहेर पनि केही काम गर्न नसक्दा भने राजनीतिप्रति कुनै कुनै समय वितृष्णा पनि जागेको बताउछिन् ।
राष्ट्रिय सहकारी संघमा मात्र आवद्व हुँदा र सांसदमा हुँदा सम्पर्क बढ्ने र सहकारी सम्बन्धी मात्र नभएर प्रस्ताव राख्न धेरै सजिलो छ तर त्यहाँको ब्यागग्राउन्ड र सिचुएसनले कुनै काम नहुन सक्छ । त्यही कुरालाई स्थापित गर्न गाह्रो हुँदो रहेछ भन्ने फिल उनले गरेको सुनाइन् । म सहकारीकर्मीमात्र हुँदाखेरी उनीहरुले यस्तो गर्देनन्, उस्तो गर्देनन् भन्ने हुन्थ्यो अहिले आफै पुग्दा त्यो काम गराउन गाह्रो हुँदो रहेछ भन्ने महसुस गरेकी छु उनले भनिन् ।
केही समय अघि सरकारले सहकारी क्षेत्रमा ठूलो योगदा दिएको कदर स्वरुप सुप्रवल जनसेवा श्री (तृतिय)ले दिने घोषणा गरेको थियो । सरकारको यो निर्णयले उनलाई आफ्नो काममा लाग्न थप प्रेरणा मिलेको उनको अनुभव छ ।
अन्तमा,
उनलाई आफ्नो जीवनदेखि गुनासो छैन । उनी भन्छिन्,‘ अहिले म विश्व हल्लाउन सक्ने् महिलाहरु हिलारी क्लिन्टन, ओपरा विन्गफ्रे, एन्जेलिन मार्केल लगायतका सफल महिलाहरुको जीवनी पढिरहेको छु । महिलाहरु सफल हुनका लागि ठूलो चुनौति सामना गुर्नपर्छ । एक महिला छोरी, बुहारी, सासु,आमा लगायतका पारिवारिक बन्धनमा झेलिनु पर्दछ र उनीहरुले ति पारिवारिक सम्बन्धलाई मजवुत बनाउदै काममा पनि दक्षता देखाउनु पर्दछ भन्ने कुरा जीवनी पढेर समेत बुझ्न सकिएको उनी बताउछिन् । उनि भन्छिन् जव म उनीहरुको जीवनी पढिरहेको हुन्छु, मेरो जीवनमा घटेका विभिन्न घटनाहरु उनीहरुको सामु फिक्का र साना लाग्न थाल्छ र म भित्र एक प्रकारको उर्जा थपिन्छ ।
प्रतिक्रिया