काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले ग्राण्ड बैंकको पनि सेयर कारोबार गर्न स्वीकृति दिएको छ । विहिबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिले ग्राण्ड बैंकको सेयर कारोबार फुकुवा गरेको हो । सञ्चालक समितिले ग्राण्ड बैंकको पनि कारोबार खोल्नको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने समेत निर्णय गरिसकेको छ ।
यसअघि प्रभू बैंकको मात्र सेयर कारोबार गर्न स्वीकृति दिएकोले प्रभु बैंकको सेयर कारोबार रोकिएको थियो । ग्राण्ड बैंक प्रभू बैंकसँग मज्ृ भई गत माघदेखि नै एकीकृत कारोबार गर्दै आइरहेको छ । प्रभू बैंकको मात्र कारोबार खुल्दा ग्राण्ड बैंकका लगानीकर्ता मर्कामा परेको भन्दै नेपाल धितोपत्र बोर्डले प्रभू बैंकको पनि कारोबार रोकेको थियो ।
ग्राण्ड बैंकको धेरै एनपीएल भएको र सो एनपीएल नघटाइ सेयर कारोबार नगर्न नेपाल स्टक एक्सचेन्जलाई राष्ट्र बैंकले पत्र लेखेको थियो । तर प्रभू बैंकले ग्राण्ड बैंकको एनपीएल कम गरेपछि भने सेयर कारोबार गर्न स्वीकृति दिएको हो । आगामी साताबाट भने ग्राण्ड बैंक र प्रभु बैंकको एकीकृत सेयर काराोबार नियमित हुने छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड छ ।
नौविसे
प्रतिक्रिया