काठमाडौं, ९ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आइतबारदेखि अनलाई लाइसेन्स फर्म सुरु हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री लेखकले आइतबार दिउँसो ३ बजे अनलाईन फारामको उद्धघाटन् गर्ने बताएका हुन् ।
उनका अनुसार सोमबारबाट अनलाईन सेवा नै सुरु हुनेछ । उनले भने,‘भोलि दिउँसो ३ बजे यातायात कार्यालय एकान्तकुनामा हामीले अनलाईन फारामको शुभाराम्भ गर्दैछौं, अब एकान्तकुनासँगै थप तीन ठाउँ कलंकी, चावहिल र भक्तपुरमा कार्यालय राखिनेछ, यसको लागि सरकारले घरभाडामा लिने काम गरिसकेको छ, अब छिट्टै काम सुरु हुन्छ ।’
मन्त्री लेखकले यातायात व्यवस्थाको सुधारको लागि आफू गम्भिर रहेको समेत दावी गर्दै हाल चालक अनुमतिपत्र लिने देखिएको समस्याको समाधानको लागि आफूले पहलकदमी लिएको बताए । उनले चालक अनुमतिपत्र लिनको लागि अब सरकारले ४ वटा स्थान्मा व्यवस्था गरेको समेत जानकारी दिए ।
त्यस्तै सरकारले काठमाडौं–तराई द्रुत मार्ग निर्माणको लागि कार्यदल गठन गरिसकेको बताउँदै उनले भने,‘ ७ सदस्यीय कार्यदल गठन भैसकेको छ, कार्यदलले एक महिनाभित्र रिपोर्ट दिन्छ, डिपीआरको बारेमा, वित्तिय व्यवस्थापन कसरी गर्ने र टेण्डर प्रक्रियाको बारेमा सवै रिपोर्ट दिन्छ ।’
उनले सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाईसकेको जनाए । उनले भने,‘यसको लागि आवश्यक रकम छु्याईसकेको छ, करिब ७ सय किलोमिटरका १५ वटा सडक निर्माणको लागि ८० प्रतिशत ठेक्काको काम भैसकेको छ ।’
प्रतिक्रिया