काठमाडौं । नेपाल बंगलादेश बैंकले ३७ औ शाखा कन्चनपुरको झलारीमा सञ्चालन गरेको छ । शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष दीपक कार्कीले गरे । शाखा उद्घाटन कार्यक्रममा माधवप्रसाद न्यौपाने तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
त्यस्तै बैंकले सो स्थानमा एटीएम मेसिनको पनि स्थापना गरेको छ । बैंकले हालसम्म ३७ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३६ वटा एटीएम मेसिबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
बैंकको आ.व. २०७३÷७४ को पहिलो त्रैमासमा निक्षेप ३९ अर्व ६० करोड र कर्जा ३४ अर्व २७ करोड रहेको छ । सो अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रहेको छ ।
प्रतिक्रिया