वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आउने भयो नेपाल लाइफको ३१ लाख कित्ता एफपिओ, प्रतिकित्ता १४ सय २५ रुपैयाँ

अर्थटुडे
२०७३ पुष १४, बिहीबार

काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्सको ३० लाख ९६ हजार ४ सय २९ कित्ता साधारण सेयर फरदर पब्लीक अफरिङ (एफपिओ) बाट निश्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले प्रति कित्ता १४२५ रुपैयाँमा कम्पनीलाई एफपीओ निश्काशन गर्न अनुमति दिएको हो ।

यसअघि नेपाल लाइफले साधारण सभाबाट पारित गरी एफपिओ निश्कासनका लागि बोर्डमा स्विकृती मागेको थियो । तर बोर्डले आफुखुशी मूल्य निर्धारण गरी मूल्य सार्वजनिक गरेपछि एफपिओ निश्कासनमा रोक लगाएको थिए ।

बोर्डले हालै एफपिओ जारी गर्नका लागि मापदण्ड बनाएको छ ।

नेपाल लाइफले एक सय रुपैयाँ अंकित सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न लागेको थियो ।

कम्पनीले संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि उक्त एफपिओ जारी गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ