काठमाडौं । माछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले लिखु–२ जलविद्युत आयोजनामा ४ अर्व ५१ करोड रुपैया कर्जा लगानी गर्ने भएका छन् । ग्लोबल हाईड्रोपावर एसोसिएटले प्रवद्र्धन गरेको आयोजनाको क्षमता ३३.४ मेगावाट छ ।
माछापुच्छ्रेको अगुवाईमा नेपाल एसबिआइ बैंक, नेपाल बंग्लादेश, एभरेष्ट बैंकका साथै भिवोर सोसाइटी डेभलपमेण्ट बैंकले सहवित्तीयकरणमा लगानीका लागि विहिबार सम्झौता भएको छ । यससम्बन्धी सम्झौतामा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र ग्लोबल हाईड्रोपावरका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरे ।
६ अर्व २ करोड लागत लाग्ने आयोजनामा २५ प्रतिशत प्रवद्र्धक कम्पनीको र ७५ प्रतिशत वैंक तथा वित्तीय संस्थाको ऋण रहनेछ ।
लिखु–२ जलविद्युत आयोजना रामेछापको गुम्देर र सोलुखुम्बुको भकञ्जे गाविसमा रहेको छ । आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता (पि.पि.ए) अनुसार न्यू खिम्तीसव स्टेशन सम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरीने छ । आयोजना समयमै सम्पन्न गर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ ।
लगानी सम्झौता भएको २\३ महिना भित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी २०७७ साउन १ गतेभित्रै विद्युत उत्पादन गरिने लक्ष्य लिइएको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया