वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसीको एकिकृत कारोबार आईतबारबाट

अर्थटुडे
२०७३ पुष १५, शुक्रबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा चारवटा विकास बैंक गाभिएर बन्ने बैंकले आइतबारबाट एकिकृत कारोबार थाल्ने भएको छ । एनसीसीमा इन्फ्रास्टक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंक गाभिन लागेका हुन् ।
नेपाल राष्ट्र बैंकले मंसिर १९ गते बैंकलाई एकिकृत कारोबार गर्ने स्विकृती दिएपनि कम्पनी रजिष्टारको कार्यालयले अनुमति नदिदा कारोबार सुरु गर्न ढिलाई भएको थियो । विहिबार कम्पनी रजिष्टारले पनि अनुमति दिएको हो ।
मर्जरपछि बन्ने नयाँ बैंकको नाम पनि एनसीसी नै रहनेछ ।

एकिकृत कारोबारका लागि शनिबार पाँचवटै बैंकका शाखा, एटिएम, इन्टरनेट बैंकिङ लगायतका सबै सेवाहरु बन्द रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ