वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुहेश्वरी मर्चेन्टले विक्रि नभएको सेयर लिलामी गर्दै

अर्थटुडे
२०७३ पुष १७, आईतवार

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको हकप्रद निष्कासन गर्दा विक्रि नभएको सेयर लिलामी गर्ने भएको छ ।  सर्वसाधारण समूहको २८ हजार दुई सय ८९.५० कित्ता सेयर कम्पनीले लिलामीमा बिक्री गर्ने भएको हो ।

लगानीकर्ताले न्युनतम मुल्य १०० भन्दा माथि जतिसुकै मुल्य राखेर पनि बोलपत्र फाराम भर्न सक्नेछन् । कम्पनीका अनुसार पुस २५ गते कार्यालय समयभित्र सो बोलपत्र फाराम भरीसक्नुपर्ने छ । एनआइबीएल क्यापिटल फाइनान्सले लिलामी गर्न लागेको सेयरको विक्रि प्रबन्धक हो ।

एनआबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौंबाट आवेदन फारम लिन र बुझउन सकिनेछ । बोलपत्र पुस २६ गते दिउँसो ३ बजे एनआइबीएल क्यापिटल मार्केट्सको कार्यालयमा नै सो टेन्डर खोलिने छ ।
फाइनान्सको हाल चुक्ता पुँजी २९ करोड ३७ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ