काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले पुँजी बृद्धि गर्नका लागि २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।
हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्ने बैंकले जनाएको छ ।
चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने जनाएको छ । बैंकले गतबर्ष ५५ प्रतिशत हकप्रद बिक्री र ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया