काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५२ हजार ९०० र चाँदी ७६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन २०० रुपैयाँ र चाँदी ५ रुपैयाँ महंगो भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उकालो लाग्दै गएपछि नेपालमा पनि महंगो भएको हो ।
एक महिनाअघि सुन प्रतितोला ५१ हजार रुपैयाँसम्म झरेको थियो ।
प्रतिक्रिया