काठमाडौं । कुमारी बैंकको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संञ्चालक समितिको गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभापछि कार्यान्वयनमा आउनेछ ।
बैंकले गत आर्थिक बर्षमा ७४ करोड खुद मुनाफा आर्जन गरेको थियो ।
एनसीसी बैंकसँग मर्जर प्रक्रिया तोडेर बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने प्रक्रिया अघि बढाएको छ ।
बैंकले हाल जारी गर्न लागेको बोनश सेयर, हकप्रद र एक्विजिसनपछि पुँजी ६ अर्व ४२ करोड पुग्नेछ ।
प्रतिक्रिया