वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त

अर्थटुडे
२०७३ पुष २१, बिहीबार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेको छ ।
विहिबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले ज्ञवालीलार्य बर्खास्त गरेको हो । यसअघि ज्ञवालीको कामप्रति असन्तुष्टि जनाउदै सरकारले ज्ञवालीसँग स्पष्टिकरण मागेको थियो । सरकारको असयोगका कारण काम गर्न नसकेको भन्दै ज्ञवालीले बुधबार सरकारलाई स्पष्टीकरण दिएका थिए ।

ज्ञवालीले भने विभिन्न बखेडा झिकेर सरकारले आफूलाई काम गर्न अवरोध पुरयाएको आरोप लगाएका छन् ।
आफूले काम गर्न नसक्नुमा पुनर्निर्माणलाई द्रुतगतिमा अघि बढाउन नसक्नुमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय लगायत पुनर्निर्माणसँग सम्बद्ध विभिन्न मन्त्रालय र ती मन्त्रालय अन्तर्गतका निकायलाई जिम्मेवार ठर्हयाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए ।

आवश्यकता अनुसार नीति, बजेट र कर्मचारी उपलब्ध नगराइएका कारण पुनर्निर्माणले तीव्रता पाउन नसकेको पनि ज्ञवाललिे बुझाएको १२ पृष्ठ लामो स्पष्टीकरण पत्रमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ