वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिन विकास बैंक गाभिएर आईतबारबाट एकिकृत कारोबार सुरु

अर्थटुडे
२०७३ पुष २४, आईतवार

काठमाडौं । तीन वटा विकास बैंक मिलेर बनेको टुरिजम् डेभलपमेन्ट बैंकले आईतबारबाट एकिकृत कारोबार सुरु गरेको छ । बैंकले १ जिल्ला कार्यक्षेत्र भएको मातृभूमि विकास बैंक लिमिटेड र ३ जिल्ला कार्यक्षेत्र भएको कालिञ्चोक डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गरेको हो ।

बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले एकीकृत कारोबारको शुभारम्भ गरे । कार्यक्रममा तीनवटा संस्थाका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु, कार्यकारी प्रमुखहरु तथा संस्थापक शेयरधनीको उपस्थिती थियो ।

प्राप्ति पश्चात बैंकको पुँजी ९१ करोड ९७ लाख पुगेको छ भने बैंकको कुल निक्षेप १० अर्ब ५० करोड र कर्जा ९ अर्ब २० करोड पुगेको छ । त्यसैगरी बैंकको कुल शाखा संख्या २२, एक्सटेन्सन काउन्टर – १, ए.टी.एम संख्या १२ र ग्राहक संख्या करिब १ लाख पुगेकोे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ