वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका संचालकलाई तालिम अनिवार्य, कर्मचारीको तालीममा तीन % खर्च गर्नुपर्ने

अर्थटुडे
२०७३ पुष २६, मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्था संस्थामा संचालक भएका व्यक्तिले अनिवार्य तालिम लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै तालिमसम्बन्धी कार्यविधि बनाएर लागू गर्न निर्देशन दिएको हो ।

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थामा संचालक भएको एक महिनाभित्र संस्थाको संरचना, व्यवसायको प्रकृति, संस्थाको रणनीति, संस्थागत सुशासन, संचालकको कर्तव्य र उत्तरदायित्व, ऐन नियमलगायतका विषय समेटेर अभिमुखीकरण दिनुपर्नेछ । यस्तै स्वाथर्एको द्धन्द्ध, नियामक निकायको सम्बन्ध, पारदर्शीता र अन्तर्राष्ट्रिय अनुभव लगायतका विषयमा प्रत्येक वर्ष कम्तीमा एक पटक पुनर्ताजगीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि कुल कर्मचारी खर्चको तीन प्रतिशत तालिम तथा बृत्ति विकासमा खर्च गर्नु पर्ने व्यवस्था गरेको छ ।

तर, बैंकले सञ्चालक समिति अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धि कुनै पनि खर्च र आफ्नो संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै सभा सम्मेलनमा सहभागी हुँदाको प्रतिनिधि मण्डलको खर्चलाई यसमा राख्न नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ