वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी आर्थिक वर्षको बजेट साढे ११ खर्व

अर्थटुडे
२०७३ पुष २९, शुक्रबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११ खर्व ५२ अर्व रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षमा १० खर्व ४८ अर्वको बजेट ल्याएकोमा आगामी वर्ष बजेटको सिमा १० प्रतिशत बढाउन लागेको हो ।

बजेट सिलिङ तोक्नका लागि अर्थ मन्त्रालयले आन्तरिक र बाह्य स्रोतको विवरणहरु योजना आयोगमा पठाइसकेको छ । अब आयोगको स्रोत समितिको बैठकले बजेटको सिमा निर्धारण गर्नेछ ।

चालु आवको बजेट नै अर्थतन्त्रको आकारभन्दा ठूलो भएको टिप्पणी हुदै आएको छ । यसैले सरकारले बजेटको आकार ठूलो नबनाउने पक्षमा रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ