काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्त गर्नका लागि गरिएको डिडिए (ड्यु डिलिजेन्स अडिट) विवादीत भएको छ । लेखापरिक्षकले एस डेभलपमेन्टको सम्पति मूल्यांकन गरी तय गरेको स्वाप रेसियो कम भएको भन्दै पुनः मूल्यांकनका लागि राष्ट्र बैंकले निर्देशन दिएपनि पुरानै लेखापरिक्षकलाई जिम्मेवारी दिन लागेको भन्दै लगानीकर्ताले आपत्ति जनाएका छन् ।
इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्टलाई खरिद गर्नका लागि पुस १ गते सैद्धान्तिक सहमति भएको थियो । उक्त सहमतिमा स्वाप रेसियो ४१ प्रतिशत तोकेपनि यो कम भएकाले पुन डिडिए गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो । यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।
हाल इन्भेस्ट्मेन्ट बैंकका अध्यक्ष ज्योती प्रकाश पाण्डेले आफुले प्रभावमा पार्न सक्ने र एस डेभलपप्मेन्ट बैंकको डिडिए गर्ने लेखापरिक्षक प्रभु राम भण्डारीलाई नै फेरी सम्पत्ति दायित्वको पुनरमुल्याङ्कन गर्ने जिम्मेवारी दिन लागेका हुन् । पाण्डेले लेखापरिक्षक भण्डारीलाई मोटो रकम दिइ आफ्नो बैंकको सम्पत्तिको बढी मुल्याङ्कन गर्ने, भविश्यको बित्तिय प्रक्षेपण राम्रो देखाउने र एसको कम मुल्याङ्कन गर्ने गरी आफु लगायत सिमित ब्यक्तिलाई फाईदा हुने आफ्नो अनुकुल स्वाप रेसिओ निकाल्न लागेको लगानीकर्ताले आरोप लगाएका छन् ।
प्रतिक्रिया