काठमाडौं । सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि जारी गर्ने भनेको ३० प्रतिशत साधारण सेयर चालु आर्थिक वर्षभित्रमा निष्कासन गर्ने भएको छ । दुई वर्षअघि नै मन्त्रीपरिषद्ले सर्वसाधारणमा सेयर जारी गर्ने निर्णय गरेपनि हालसम्म आउन सकेको छैन । बैंकले सेयर निष्कासनको तयारी गर्न समय लागेको र चालु आवभित्रमा निश्कासन गरीसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले जानकारी दिए ।
बैंकले विहिबार गरेको पत्रकार सम्मेलनमा भारत र चिनमा शाखा खोल्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिइयो । भारतमा शाखा खोल्न संचालक समितिले निर्णय गरीसकेको र चिनका लागि सम्भाव्यता अध्ययन भइरहेको बैंकले जनाएको छ ।
यसैगरी पुँजी बजारको विकासका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड स्थापना गसिकेको र लघुवित्त संस्था स्थापनाको प्रक्रिया अघि बढेको सीईओ श्रेष्ठले बताए ।
८ अर्ब ५८ करोड पुँजी रहेको बैंकले चालु आवको ६ महिनामा १ अर्ब ३० करोड खुद नाफा गरेको छ । १ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप र ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया