काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले जारी गरेको ६ लाख कित्ता साधरण सेयरको आवेदन आजदेखि खुलेको छ । सो आवेदन आश्वा प्रणलाीबाट सर्वसाधरणले भर्न पाउने छन् । ६ करोड बराबरको सो साधारण सेयर पहिले जसरी तोकिएको संकलन केन्द्रबाट पनि सर्वसाधरणले भर्न पाउने व्यवस्था गरिएको छ ।
सय रुपैयाँ अंकित सो माइक्रोफाइनान्सको साधारण सेयरमा सर्वसाधरणले न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म आवेदन दिनसक्नेछन् । सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको संस्थाले निष्काशित सेयर मध्ये ३० हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन गर्नु पर्ने हुन्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गतेसम्म आवेदन गर्न सकिने छ । सो माइक्रोफाइनान्सलाई ईक्रा नेपाल लिमिटेडले ग्रेड ४ प्लसको प्रमाण पत्र दिइएको छ । यसले माइक्रोफाइनान्सको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको बुझाउँछ ।
यहाँबाट दिन सकिन्छ आवेदन
सर्वसाधारण लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।
प्रतिक्रिया