वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकले पहिलो ६ महिनामा कमायो ७२ करोड ६० लाख

अर्थटुडे
२०७३ माघ ९, आईतवार

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो । बैकद्धारा प्रकाशित पहिलो छ महिनाको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको खराव कर्जा १.५० प्रतिशत रहेको छ ।

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४७.२२ रहेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७४ अर्व ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६२ अर्व ६५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले ४८ अर्व ६३ करोड निक्षेप र ४० अर्व ३० करोड कर्जा प्रबाह गरेको थियो ।

हाल बैंकको चुक्तापुजी पाँच अर्व २३ करोड रुपैयाँ रहेको छ । बैंकले हकप्रद र बोनस सेयर जारी गरी तथा मर्जरमा गएर आठ अर्व रुपैयाँ चुक्तापुँजी पुर्याउने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ