वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपप्रधानमन्त्री निधि र यूएनओडीसी प्रतिनिधिबीच भेट

अर्थटुडे
२०७३ माघ १०, सोमबार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र संयुक्त राष्ट संघको लागू औषध तथा अपराध (यूएन ओडीसी) हेर्ने कार्यालयको दक्षिण एसिया प्रतिनिधि सिर्गि कापिनोसबीच भेटबार्ता भएको छ ।

सोमबार दिउँसो गृहमन्त्रालयमा भएको भेटमा मानव बेचबिखन लगायतका सामाजिक अपराध नियन्त्रणमा सहयोग आदानप्रदान गर्ने बिषयमा उपप्रधानमन्त्री निधि र कापिनोसबीच कुराकानी भएको थियो । भेटमा यूएन ओडीसीका दक्षिण एसिया प्रतिनिधि कापिनोसले सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका बिषयमा सहकार्य गर्न राष्ट संघ तयार रहेको बताए ।

त्यस अबसरमा गृहमन्त्री निधिले मानव बेचबिखन, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका बिषयमा सरकारी प्रतिबद्धता जनाउनु भयो । उनले यी बिषय सरकारको प्राथमिकता भएको भन्दै त्यसमा राष्ट संघले गर्ने सहयोगका लागि धन्यबाद दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ